टोकियो । नेपाली जनसम्पर्क समिति जापानले राजेन्द्र भट्टलाई सह–महामन्त्री पदमा मनोनयन गरेको छ।
समितिको २०८३ असोज २३ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार भट्टलाई उक्त जिम्मेवारी दिइएको हो।
समितिले भट्टको संस्थाप्रतिको निष्ठा, सक्रियता तथा योगदानको कदर गर्दै सह–महामन्त्रीमा मनोनयन गरिएको जनाएको छ। संगठनको विधान, नीति तथा कार्यसमितिका निर्णयअनुसार सम्बन्धित पदाधिकारीसँग आवश्यक समन्वय गर्दै जिम्मेवारी निर्वाह गर्ने अपेक्षा समितिले गरेको छ।
साथै, संगठनको मर्यादा र अनुशासन कायम राख्दै संगठनात्मक गतिविधि तथा सचिवालयको कार्यसम्पादनमा सक्रिय भूमिका निर्वाह गर्न समितिले आग्रह गरेको छ।
अध्यक्ष राजेन्द्र प्रसाद जमरकट्टेल तथा महामन्त्रीद्वय विराट खनाल र **अशोक शर्मा (गोपाल)**द्वारा हस्ताक्षरित पत्रमार्फत भट्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।






































