फाल्गुण ९, टोकियो।
जापानमा क्रियाशील लोकतन्त्रवादी पत्रकार तथा सञ्चारकर्मीहरूको सक्रियतामा नेपाल प्रेस युनियन को जापान शाखा आधिकारिक रूपमा गठन भएको छ।
जापानका विभिन्न सञ्चार माध्यममा आबद्ध करिब २५ जना पत्रकारहरूको प्रारम्भिक अनलाइन बैठकबाट संस्थापक तदर्थ समिति गठन गरिएको थियो। उक्त समितिलाई फाल्गुण ८ गते बसेको केन्द्रीय समितिको बैठकले स्वीकृति प्रदान गरेसँगै जापान शाखाले औपचारिक मान्यता प्राप्त गरेको हो।
राजविन थापा ‘रामु’को संयोजकत्वमा गठित सात सदस्यीय तदर्थ समितिमा विश्वबन्धु भण्डारी सदस्य सचिवका रूपमा रहेका छन्। अन्य सदस्यहरूमा गणेश शर्मा पौडेल, राजेन्द्र भट्ट, विश्वास आचार्य, शिक्षा पन्त तथा विकास विश्वकर्मा रहेका छन्।
गठित तदर्थ समितिले केन्द्रीय समितिसँग आवश्यक समन्वय गर्दै संगठन विस्तार, सदस्यता विवरण संकलन तथा आगामी भेला/अधिवेशनको तयारी गर्ने जिम्मेवारी पाएको संयोजक थापाले जानकारी दिएका छन्।
लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सुदृढीकरणका लागि जापानमा रहेका नेपाली सञ्चारकर्मीहरूलाई एकताबद्ध गर्दै संगठनलाई थप सशक्त बनाउने लक्ष्यसहित शाखा गठन गरिएको जनाइएको छ।
जापान शाखाको तदर्थ समिति गठन