जापान भ्रमणमा रहेका नेपाल प्रेस युनियनसँग आबद्ध पत्रकारहरूलाई टोकियोमा प्रेस युनियन जापान शाखा ले स्वागत तथा सम्मान !
टोकियो, जापान। जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनसँग आबद्ध पदाधिकारी एवं पत्रकारहरूको सम्मानमा नेपाल प्रेस युनियन जापान शाखाले टोकियोमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।
टोकियोस्थित रातो माटो रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल प्रेस युनियन जापान शाखाका सभापति राजविन थापाले गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष रोबिन सेरचन, पूर्व अध्यक्ष महेश श्रेष्ठ, जनसम्पर्क समिति जापानका सभापति राजेन्द्र जमरकट्टेल, जनसम्पर्क समिति जापानका पूर्व सभापति डिपी कडेल, एन आरएन एरिया क्षेत्रीय संयोजक दिपक कडेल ,एनआरएनए जापानका उपाध्यक्ष विनोद खनाल कान्तो अध्यक्ष दिपक सुबेदी , जनसम्पर्क समिति जापान महामन्त्री बिराट खनाल , उपाध्यक्ष राम कार्की लगाएत विभिन्न सामाजिक संघ–संस्था र व्यावसायिक क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालबाट जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवं पत्रकारहरूको सम्मानस्वरूप आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र जापानबीच पत्रकारिताको विकास, सूचना आदान–प्रदान, प्रवासी नेपाली समुदायका गतिविधि तथा नेपाल प्रेस युनियनको भूमिकाबारे समेत छलफल गरिएको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले नेपाल र जापानका पत्रकारहरू तथा प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
नेपाल प्रेस युनियन जापान शाखाले भ्रमणमा रहेका पत्रकारहरूलाई स्वागत गर्दै उनीहरूको सफल तथा फलदायी जापान भ्रमणको शुभकामना व्यक्त गरेको जनाएको छ।







































