१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। मांगलिक कार्यमा धन खर्च हुने योग छ। नोकरी वा पेशामा अधिकारीहरूसँग मनमुटाव हुन सक्ने भएकाले सचेत रहनुहोला। आर्थिक पक्ष भने सामान्य रहनेछ।
- शुभ रंग: सुन्तला
- शुभ अंक: ८
२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा रोकिएका पुराना कामहरू पुनः प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा आफ्नो बुद्धि र अनुभवको आधारमा निर्णय लिनुहोला। परिवारमा कसैको पदोन्नति वा तलब वृद्धि हुनाले मन प्रसन्न रहनेछ।
- शुभ रंग: गुलाबी
- शुभ अंक: ६
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा अरूको ईर्ष्याका कारण नोक्सान हुन सक्छ। नोकरी वा रोजगारको खोजीमा रहेकाहरूलाई सफलता मिल्नेछ। धार्मिक आयोजनामा सम्मान बढ्नेछ। धन खर्चमा नियन्त्रण राख्नुहोला।
- शुभ रंग: हरियो
- शुभ अंक: ३
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा शत्रु पक्षबाट अलि सतर्क रहनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
- शुभ रंग: सेतो
- शुभ अंक: २
५. सिंह (मा, मि, मु, me, मो, टा, टि, टु, टे)
आफन्तहरूसँग केही मनमुटाव हुन सक्छ। कार्यक्षेत्रमा श्रम अनुरूपको फल नमिल्दा मन खिन्न हुनेछ। व्यापारमा पारदर्शिता राख्नुहोला। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने योग छ।
- शुभ रंग: रातो
- शुभ अंक: ४
६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक संघ-संस्था वा समारोहमा सम्मिलित हुने अवसर मिल्नेछ। व्यापार व्यवसायको सिलसिलामा गरिएको यात्रा सफल रहनेछ। सरकारी योजनाहरूबाट लाभ मिल्नेछ भने शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्।
- शुभ रंग: केसरी
- शुभ अंक: ७
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक समस्याहरूबाट मुक्ति मिल्नेछ। धार्मिक विषयवस्तुमा कसैलाई सहयोग गर्न सकिनेछ। थोरै मेहनतले पनि विशेष लाभ लिन सकिनेछ। सन्तान पक्षबाट शिक्षाको क्षेत्रमा शुभ समाचार प्राप्त हुने योग छ।
- शुभ रंग: खैरो
- शुभ अंक: ३
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा आज बिक्री राम्रो हुनुका साथै अप्रत्याशित लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा प्रदर्शन उत्कृष्ट रहनेछ। समाजमा मान-सम्मान एवं प्रतिष्ठा प्राप्त हुने योग छ।
- शुभ रंग: निलो
- शुभ अंक: ९
९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विनम्रताका साथ अगाडि बढ्नुहोला, सफलता मिल्नेछ। तपाईंको मेहनतले शत्रुहरू पनि मित्रवत व्यवहार गर्न बाध्य हुनेछन्। व्यापार व्यवसायमा अनुभवी व्यक्तिहरूको सल्लाह लिएर मात्र कार्य गर्नुहोला।
- शुभ रंग: पहेलो
- शुभ अंक: १
१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ लगानी गर्नबाट बच्नुहोला। कुनै पनि कार्यमा लापरवाही नगर्नुहोला, धेरै लाभको मोहले हानि पुर्याउन सक्छ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ।
- शुभ रंग: निलो
- शुभ अंक: २
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आत्मविश्वास र मनोबलमा वृद्धि हुनेछ। छरछिमेकीसँग वादविवादको सम्भावना रहेकाले सावधान रहनुहोला। आफ्नो निजी कार्यलाई भोलि भनेर नटाल्नुहोला। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सकिनेछ।
- शुभ रंग: सेतो
- शुभ अंक: ३
१२. मीन (दि, दु, झ, ञ, दे, दो, चा, चि)
आफन्तजनको राम्रो सहयोग मिल्नेछ। मेहनत अनुसार उत्तम परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा आफ्नो बोलीको प्रभावले गर्दा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।
- शुभ रंग: रातो
- शुभ अंक: ५




































