Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:२१ बिहान
- ADVERTISEMENT -

खोटाङमा गाडी भिरबाट खस्याे, १३ जना घाइते

प्रकाशित मिति: २०८२ साउन १९, सोमबार

183
Shares

खोटाङमा आज बिहान गाडी दुर्घटना हुँदा करिब १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

सोमबार बिहान आठबजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा गाडी दुर्घटना भएको हो।

हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते हुनेमा सिराहाकाे नरहा गाउँपालिका-५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० की कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमती (नाम खुल्न बाँकी) लगायत रहेका छन्। 

दुर्घटनामा घाइते भएकी रामशरण ठाकुरकी पत्नीसहितको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। घाइते मध्ये १३ जनालाई एम्बुलेन्समार्फत उपचारको लागि उदयपुरतर्फ पठाइएको छ।

दुर्घटनाको खबरपछि नम्बर ७ गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको कमाण्डमा ११ जनाको टोली, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटिएको छ। 

त्यसैगरि स्थायी प्रहरी पोष्ट जयरामघाटबाट शेख रहुल्लाहको  कमाण्डमा २ जना, प्रहरी चौकी च्यास्मिटारबाट असई सहित २ जना र  इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा ११ जना प्रहरी टोली पनि अहिले घटना स्थलमा पुगेर घाइतेको उद्धार गरिरहेका छन्।  

दुर्घटनामा परेको गाडीमा अनुमानित १८ जना सवार रहेका प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोष्ट जयरामघाटबाट दुई किलोमिटर पूर्वतर्फ पर्छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -