Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४७:१५ बिहान
- ADVERTISEMENT -

पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

1230
Shares

पर्वत, १२ जेठ २०७६ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थालिएको हो ।

झण्डै दुई सय वर्ष पुरानो सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठूलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । अहिले पानीविहीन तथा मर्मत संरक्षण हुन नसक्दा जीर्ण बनेको पोखरीलाई मर्मतसम्भार गरी पोखरीको गहिराइ समेत बढाइने योजना छ ।

उक्त पोखरीमा पञ्चासेदेखि पानी ल्याएर सङ्कलन गरी पर्यटकीय र आर्थिक विकासको हिसाबले सञ्चालन गर्ने योजना समेत रहेको ठूलीपोखरी संरक्षण तथा मर्मतसम्भार समितिका अध्यक्ष ढकाराम सापकोटाले जानकारी दिए । पहिलो चरणमा मन्त्रालयबाट विनियोजित रकमले पोखरीको भौतिक संरचना निर्माण गरिनेछ ।

ठूलीपोखरीको मर्मतसम्भारको काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार शुभारम्भ गर्दै पुराना पोखरी, चौतारी, ऐतिहासिक मठमन्दिरहरुको संरक्षणमा प्रदेश सरकार लागेको बताए । ठूलीपोखरीमा कृत्रिम ताल बनाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्दा आयआर्जन र रोजगारी सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम बन्ने उनले बताए ।

प्रदेश सरकारले गण्डकी प्रदेशका दुई हजारभन्दा बढी ताल तथा पुराना पोखरीलाई संरक्षण गर्न र पानीको अधिकतम सदुपयोग गर्न ताल प्राधिकरण समेत गठन गरेको बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य जुनादेवी नेपालीले संसारको सबैभन्दा ठूलो उद्योग रहेको चर्चा गर्दै नेपालमा पर्यटनबाट नै विकास र समृद्धि प्राप्त गर्न सकिने बताए । फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले ऐतिहासिक र धार्मिक महत्वका पुराना मठमन्दिरदेखि पोखरीलाई संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले समृद्धिको पहिलो आधार पर्यटन भएकाले ठूलीपोखरीमा बन्न लागेको कृतिम तालले समृद्धिको मार्गमा हिँडाउने दाबी गरे । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -