काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिङ बाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा गोरखा दुर्घटनामा गोरखा भिमसेनथापा गाउँपालिका-४ धावा ,चौतारा का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी चालक ४१ वर्षीय जमालुदिन मिया र भिमसेनथापा गाउँपालिका ४ कै ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।








































