Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:२२ बिहान
- ADVERTISEMENT -

विराटनगरमा घरको छतबाट लडेर कानुन व्यवसायीको मृत्यु

प्रकाशित मिति: २०८१ कात्तिक २७, मंगलबार

91
Shares

 विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ । वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर आइतबार दिउँसो फुयाँल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहानका राति १२:३५ बजेतिर मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले जानकारी दिए । फुयाँलको न्युरो अस्पतालमा उपचार भइरहेको थियो । 

मेहताका अनुसार फुयाँल घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर मोरङ जिल्ला अदालतनजिकै पर्छ । फुयाँल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेको अधिवक्ता मेहताले बताए । 

‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको थियो । पुरानो घरको छतमा लेउ लागेको रहेछ । चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सक्नु भएन,’ उनले भने । फुयाँल मोरङ बारका सदस्य थिए । 

शवलाई तत्कालका लागि न्युरो अस्पतालकै शव गृहमा राखिने भएको छ । छोरा र छोरी अमेरिकामा रहेका कारण उनीहरु आइसकेपछि अन्त्येष्टिका लागि प्रक्रिया अघि बढाउने तयारी रहेको मेहताले बताए । फुयाँलका पत्नी, १ छोरा र १ छोरी थिए । विराटनगरमा उनको ‘फुयाँलको कानुनी सेवा’ नामक ‘ल फर्म’ चलाउँदै आएका थिए । 

प्रहरीका अनुसार शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिने छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -