तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐन पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले रातोपाटीलाई बताए ।
इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’
विस्तृत विवरण आएको छैन ।








































