बलिउड सुपरस्टार सलमान खान को घरमा भएको गोलीकाण्डबारे नयाँ अपडेट बाहिरिएको छ । मुम्बई प्रहरीले यस विषयमा नयाँ मुद्दा दर्ता गरेको छ ।
आपराधिक धम्कीको आरोपमा प्रहरीले राजस्थानबाट एक जनालाई पक्राउ गरेको छ । अपराध शाखाका अधिकारीका अनुसार अभियुक्तको पहिचान राजस्थानको बुन्दी निवासी बनवारीलाल लातुरलाल गुजर रहेको बताइएको छ । आरोपीले सलमानलाई मार्न लागेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।
सलमानलाई मार्ने धम्की
२७ वर्षीय बनवारीलाल लातुरलाल गुजरले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए । भिडियोमा उनले भनेका थिए, ‘लरेन्स बिश्नोई, गोल्डी ब्रार र अन्य गिरोहका सदस्यहरू मेरो साथमा छन् । म सलमान खानलाई मार्न गइरहेको छु किनकि उनले अहिलेसम्म माफी मागेका छैनन् ।’






































