गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० मोहोराइमा रूख ढलेर मीना कुँवरको घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
पिपलको रुख हावाहुरीले ढलेर टिनले छाएको तिनतले कच्ची घरमाथि परेको थियो । रूखले घरमा क्षति गरे पनि भित्र रहेका परिवार भने सकुशल रहेको प्रहरीको भनाइ छ ।








































