Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४०:५५ दिउँसो
- ADVERTISEMENT -

भक्तपुरको ज्योती प्लाई कार्पेट उद्योगमा आगो लाग्दा झण्डै २ करोड क्षति, २ जना घाइते

प्रकाशित मिति: २०८१ वैशाख २३, आइतबार

189
Shares

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति १२ बजे आगो लागेको थियो । आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएका थिए ।

आज बिहान ४ बजे आगो नियन्त्रणमा लिइए पनि हालसम्म पनि पूर्णरुपमा ननिभेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले आगो लागेको स्थानबाट अहिले पनि धुवाँ आइरहेकाले दमकल र स्काभेटरको सहयोगमा आगो निभाउने काम जारी रहेको जानकारी दिए ।

आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् ।

यसैगरीको भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भिर घाइते भएका छन् । उनलाई सुरुमा उपचार गर्न भक्तपुरको डा.ईवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि राति साढे १ बजे कीर्तिपुर अस्पताल लगिएको छ ।

आगलागीबाट १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -