विद्युत् सर्ट हुँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी खुतुर्केका शम्सेरबहादुर खड्काको टिनको छानो भएको दुई तले घर र नजिकै बनाइएको भान्छा घर जलेर नष्ट भएको छ ।
गए राति भएको आगलागीमा घर जल्दा खड्काको २५ लाख रुपैयाँ बराबरको धन सम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।
आगलागीको जानकारी पाएपछि प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको टोलीले आज बिहान मात्र आगो निभाएको थियो ।








































