Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:४३ दिउँसो
- ADVERTISEMENT -

जलयात्रा व्यवसाय सङ्कटमा

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

859
Shares

मुग्लिन, वैशाख २२ गते । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् ।

लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिशूली नदीमा नदीजन्य पदार्थ उत्खनननले गर्दा बाह्रै महीना धमिलो हुने गरेको छ, नदीभित्रै मेसिन प्रयोग गरिन्छ, जसले धार परिवर्तन भई नदीको सौंन्दर्य घट्ने र जलयात्राका लागि खतरा बढ्छ । बजारबाट निस्कने फोहर सिधै त्रिशूलीमा फ्याँक्ने गरिन्छ, विदेशी पर्यटक फोहर देखेपछि जलयात्रा गर्न रुचाउँदैनन् ।” ठकुरीका अनुसार त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

नौ वर्षदेखि जलयात्रा गाइडको काम गर्दै आउनुभएका चितवनको इच्छाकामनाका मिलन गुरुङ पनि जथाभावी उत्खनन र फोहर फ्याँक्ने गर्दा त्रिशूली नदीमा जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुहुन्छ । जलयात्रासँग सम्बन्धित विभिन्न सङ्घसंस्था र व्यवसायीले कहीलेकाहीँ गर्ने सरसफाइले मात्र नदी सफा नहुनेको उहाँको भनाइ छ । पृथ्वीराजमार्ग आसपास रहेका बजारबाट निस्कने फोहर दैनिक त्रिशूली नदीमा फ्याँक्ने गरिएको छ ।

नेपालका करीब छ हजार नदीनालामध्ये त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुला गरिएको छ । त्रिशूली नदी काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायतका पर्यटकीय क्षेत्रबाट पनि नजिक दूरी रहेकाले जलयात्राका लागि निकै लोकप्रिय मानिन्छ ।

व्यवसायी कमल ठकुरीका अनुसार त्रिशूली नदीको मध्यभाग धादिङको बेनीघाट रोराङ गाउँपालिका चारौँदीदेखि चितवनको इच्छाकामनास्थित कुरिनटारसम्म जलयात्राका लागि उत्कृष्ट रहेको छ ।

सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सय पर्यटकीय स्थानमध्ये त्रिशूली नदीलाई पनि समेटेको छ । गर्मी मौसम शुरु भएसँगै त्रिशूली नदीमा वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटकले जलयात्रा गर्छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -