ओखलढुङ्गा कोखिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षिय एक पुरुषको ज्यान गएको छ । विहिबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा ४ लोसाका बमन बहादुर तामाङको ज्यान गएको हो ।
तामाङ घरमा बसिरहनु भएको अवस्थामा अचानक चट्याङ लागेर ढलि बेहास हुनुभएको थियो । तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गााका सूचना अधिकारी बालिष्टार सिंहले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।








































