दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा विद्युत् सर्ट भएर दुई घर जलेर नष्ट भएको छ । बुधबार (गएराति) साढे १ बजेतिर विद्युत् सर्ट हुँदा भीम राई र उनका बुवा भगत राईको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार भगत राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, कागजपत्रलगायतका सामाग्री जलेका छन्। कार्कीका अनुसार आगलागीले करिब तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै भीम राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, भााडाकुडा, कागजपत्र सहित अन्दाजी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।








































