Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१३:०९ दिउँसो
- ADVERTISEMENT -

नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही सगरमाथा आधार शिविरतर्फ

प्रकाशित मिति: २०७६ वैशाख ३, मंगलबार

775
Shares

काठमाडौं, बैशाख ३

यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही सगरमाथा आधार शिविरतर्फ लागेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । जसमध्ये ७० महिला र २ सय ९० पुरुष रहेका छन् ।

नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । सगरमाथा आरोहणका लागि हालसम्म सबैभन्दा धेरै भारतबाट छन । भारतका ८३ जनाले आरोहण अनुमति लिएका हुन । यस्तै अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन् ।

पर्यटन विभागले यी आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ ।

विदेशीका लागि वसन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।

यस पटक सगरमाथाबाहेक अन्य १९ हिमालमा पनि आरोही गइहेका छन् । यिनमा सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखलाअन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन् । विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।

यसैबीच सोमबार भारत, चीन र नेपालका तीन महिला आरोही सगरमाथातर्फ लागेका छन् । उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भम्रण वर्ष २०२० को झन्डा हस्तान्तरण गर्नुभयो । तीन मुलुकका तर्फबाट हुन लागेको यो आरोहण अभियानलाई पहिलो भनिएको छ । यसमा नेपालका तर्फबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दास र चीनबाट लियामु मा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -