Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:१५ बिहान
- ADVERTISEMENT -

तारकेश्वरका एसईई उत्तीर्ण छात्र छात्रालाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

प्रकाशित मिति: २०८० असार ३०, शनिबार

610
Shares

परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ ।

शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो ।

यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो । यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरियो । यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसार विषय छनोट गर्न आग्रह गर्दै त्यसमै केन्द्रीत भएर आफ्नो लक्ष्य प्राप्त गर्न सुझाव दिए । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको धारणा राख्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए । यस्तै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रमहरु अघि सारेको बताए । उनले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

यसैगरी उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालले एसईईमा सफल विद्यार्थीहरुलाई शुभकामना दिँदै उज्वल भविष्यको कामना गरिन् । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विद्यार्थीहरुलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्नेगरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिए । उनले कतिपय विद्यार्थीमा बिदेसिने मानसिकता रहेको उल्लेख गर्दै स्वदेशमै आफूलाई प्रमाणित गर्न सक्नेगरी भविष्यको रेखा कोर्न सुझाव दिए । सो अवसरमा बैंकर मनोज ज्ञवालीले विद्यार्थीहरुले कसरी भविष्यको सही बाटो निर्धारण गर्ने र अध्ययनको दायरालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव दिएका थिए । उनले एउटा औसत विद्यार्थीले आफूलाई अनुभवले खारेर कसरी सफल बनाउन सक्छ भन्नेबारे पनि उत्प्रेरक धारणा राखेका थिए ।

यस्तै उनले नतिजाका लागि मात्रै पढ्ने भन्दा पनि व्यवहरमा लागू गर्नेगरी अध्ययन गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा संयोजक सुशील भट्टले परिवर्तन नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए । कार्यक्रममा तारकेश्वर क्षेत्रका जनप्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, समाजसेवीलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न कलेजहरुले कार्यक्रमस्थल परिसरमा आ–आफ्नो स्टल राखेर एसईईपछिको अध्ययनबारेमा शैक्षिक परामर्श पनि दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -