काठमाडौं : काठमाडौंको सानो भर्याङ्गस्थित रहेको कामना ईन्टरनेशनल स्कुलले शैक्षिक शत्र २०८० मा नव आगन्तुक विद्यार्थीहरुलाई सम्मान तथा स्वागत गरेको छ ।
बिहीवार एक कार्यक्रम आयोजना गरि विद्यालय परिसरमा विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
साथै विद्यालयले वैशाख महिनाको उत्कृष्ट ३ विद्यार्थीहरुलाई पनि कार्यक्रमका बिच सम्मान गरेको विद्यालयका प्रिन्सिपल नवराज पाण्डेले बताए ।
यसो गर्नाले विद्यार्थीहरुलाई अझै बढि हौसला मिल्ने र थप अनुशासनमा बस्ने हुनाले हरेक महिना उत्कृष्ट विद्यार्थीहरु छनोट गर्दै आएको पाण्डे बताउछन ।









































