Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:३९ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनी भ्रमण वर्षका कार्यक्रम सार्वजनिक

प्रकाशित मिति: २०७५ चैत २५, सोमबार

2100
Shares

भैरहवा, चैत २५ गते । बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ का कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षा गरिएको छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ मूल समितिको बैठकले प्रदेश सरकारका तर्फबाट तयार गरिएको भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी स्वीकार गरेको छ ।

त्यस्तै भ्रमण वर्ष सञ्चालनका लागि मूल समितिले स्वीकार गरेका सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि कार्यकारी समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्नेसमेत निर्णय गरेको छ । कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी रहनुहुने छ । यस्तै भ्रमण वर्षको मूल समितिमा विभिन्न क्षेत्रका विज्ञ, समाजका प्रतिष्ठित र साहित्यिक क्षेत्रका २१ व्यक्तिलाई थप गरिएको छ । लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार लुम्बिनीमा वार्षिक करिब १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आएका छन् ।

उक्त बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मूल समितिका अध्यक्ष शङ्कर पोखरेलले लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रमा अहिलेसम्म व्यावसायिक रूपले आकर्षित गर्ने योजना बन्न नसक्नु एवं स्थानीय समुदायलाई पर्यटनमैत्री बनाउन नसक्दा लुम्बिनीमा पर्यटकीय विकास तथा प्रभाव स्थापित हुन नसकेको बताउनुभयो ।

उहाँले भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले ऐतिहासिक सम्पदाको उचित ढङ्गले संरक्षण हुन नसक्दा नष्ट हुँदै गइरहेकाले भ्रमण वर्षले महìवपूर्ण सम्पदालाई आफ्नो सम्पत्तिका रूपमा संरक्षण गर्ने विषय स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा अझै पनि भ्रमण संस्कृतिको विकास हुन नसकेको चर्चा गर्दै सम्पदालाई पर्यटकीय प्रवद्र्धनसँग जोड्ने विषयमा देखिएको कमजोर अवस्थामा सुधार ल्याउन सक्नुपर्ने बताउनुभयो । भ्रमण वर्ष २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन सुरु गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ ।

कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु. चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महìवका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो ।

उहाँले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महìवपूर्ण हुने बताउनुभयो । विश्व शान्तिको प्रतीक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महìवपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक बर्सेनि भ्रमण गर्न आउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -