Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३७:२० बिहान
- ADVERTISEMENT -

नेसनल युनाइटेडमा अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०८० वैशाख २९, शुक्रबार

650
Shares

काठमाडौं-बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०८० बैशाख २६ गते मंगलबार र २७ गते बुधबार गरि दुई चरणमा शैक्षिक सत्र २०८० का लागि विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ l

विद्यालयको सभाहलको क्षमता र अभिभावकहरुको चापलाई मध्यनजर गरि दुई चारणमा गरिएको कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता रहनुका साथै शिक्षकहरु समेत सहभागि भएका थिए l यस शैक्षिक सत्रमा उल्लेख्य मात्रामा विद्यार्थीहरू भर्ना भएको तथा विगतमा कोभिडले विद्यार्थी संख्यामा पारेको नकरात्मक असरलाई पूर्ण रूपमा न्यूनीकरण गर्न सफल भएको विद्यालयले जनाएको छ l विद्यालयकी प्रिन्सिपल शायरा हमालले विद्यालय व्यवस्थापन समितिको नीति, कार्यदिशा तथा निर्देशन, अभिभावकहरूको विश्वास, विद्यार्थीहरूको सन्तुष्टि, शिक्षक तथा कर्मचारीहरूको लगनशिलता र शुभचिन्तकहरूको साथ रहनु नै विद्यालयको सफलता भएको बताउनुभयो l

कार्यक्रममा विद्यालयमा प्रयोग हुने विविध शैक्षिक कागजातहरु, विद्यालयमा विद्यार्थीहरुले गर्न हुने र गर्न नहुने कुराहरु, विद्यालय समय, विद्यालयको पोशाक, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलापहरु, उपलब्ध अन्य सुविधाहरु लगाएतका विषयमा इन्चार्जहरु रेनुका कुमाई र सरोजराज उपाध्यायले क्रमशः पहिलो र दोस्रो चरणमा अभिभावकहरुलाई अभिमुखीकरण गराएका थिए भने विद्यालयका संस्थापक जेबी हमालले अभिभावकहरुलाई धन्यवाद ज्ञापनसहित विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाहरुको बारेमा विशेष प्रस्तुतीकरणका साथ अभिभावकहरुलाई अभिमुखीकरण गराउनुभयो l

आफ्ना बाबुनानिहरुको सर्वाङ्गीण विकासमा विद्यालयले लिएको अग्रसरता र अभिमुखीकरण कार्यक्रममा प्राप्त महत्वपूर्ण जानकारीका कारण अभिभावकहरु अत्यन्तै खुशी देखिन्थे l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -