Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:५३ बिहान
- ADVERTISEMENT -

जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने

प्रकाशित मिति: २०७५ चैत ११, सोमबार

941
Shares

काठमाडौँ, चैत ११ । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ ।

‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार (पिके) शेर्पा र उहाँका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लाग्नुभएको हो ।

जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्भर फैलाउने लक्ष्यका साथ ४० वर्षे आरोही पिके शेर्पा १४ वर्षीय छोरा सोनामका साथ आरोहणमा जान लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा संलग्न हुनुहुन्छ ।

शेर्पा बाबुछोराले अभियानअन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।

आरोहण सन् २०१९ को मार्च अन्तिमदेखि शुरु भई सन् २०२० मेसम्म दुई वर्षको अवधिमा सकिनेछ । अभियानको अन्तिम चरणमा सगरमाथाको आरोहण गर्ने अभियानले जनाएको छ ।

ताप्लेजुङका आरोही पिके शेर्पा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का कार्यसमिति सदस्य एवं वातावरण तथा माउन्टेनरिङ शाखाका संयोजकसमेत हुनुहुन्छ ।

अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबुछोरा अभियानमा लागेको बताउनुभयो ।

हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले नेपाललाई विश्वमा प्रवद्र्धन गर्न अभियान सान्दर्भिक हुने बताउनुभयो ।

हिमालय उद्धार सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएकाले सात महादेशका उच्च हिमालबाट हिमाल संरक्षणको सन्देश उपयोगी हुने धारणा राख्नुभयो ।

करीब रु ६ करोड खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -