गोरखा, चैत्र ४ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने जग्गाको मुअब्जा वितरण सम्बन्धमा आज (चैत्र ४ गते) आरुघाट बजार क्षेत्र बन्द भएको छ।
बिहानैदेखी सवारिसाधन आवतजावत ठप्प भएको छ। आरुघाट बन्दले जन जिबन प्रभावित बनेको छ। उचित मुअब्जा निर्धारण गर्न सरकारसँग पिडीतहरुले माग गरेका छन्।
बुढिगण्डकी आयोजना क्षेत्रभित्र पर्ने आरुघाटबजार धादिङ गोरखा भित्रका घरघडेरी को मुअब्जा दिने सम्बन्धमा :
*जग्गाको मूल्य निर्धारण नगरिकन घरको मूल्य निर्धारण गरिएको ।
*घरको मूल्य कम मुल्यान्कन गरिएको ।
*घरको मूल्य कम निधारण गरि नापजाप गर्न काम सुरु गरेको ।
यिनै कारणहरुले गर्दा आरुघाट बजार बन्द गर्ने घोषणा गरिएको सम्बन्धित निकायले जनाएको छ ।









































