Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:५१ बिहान
- ADVERTISEMENT -

गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित

प्रकाशित मिति: २०७५ चैत १, शुक्रबार

772
Shares

गोरखा, चैत १

भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ ।

विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् ।

आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो ।

प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।

त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ ।

जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ । लाभग्राही भूकम्प पीडितहरुले घर बनाउँदा प्राविधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको उनीहरुले बताएका छन् ।

उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन् ।

सङ्घर्ष समितिले प्रजिअमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षणसमेत गराइसकेको संयोजक घिमिरेले बताउनुभयो ।

आफूहरुको माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिकहरुको भनाइ छ ।

गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १०६ इञ्जिनीयर, ७४ सबइञ्जिनीयर र ७१ असिस्टेन्ट सबइञ्जिनीयर कार्यरत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -