१. मेष
आज अधुरा जिम्मेवारी पूरा गर्न मन लाग्नेछ। काममा सानो सुधारले ठूलो राहत दिन सक्छ। अरूको भरभन्दा आफ्नै निर्णय प्रभावकारी बन्नेछ। बेलुकातिर मन हलुका महसुस हुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक: ३
२. वृष
दिनमा रमाइलोपन मिसिने संकेत छ। मनपर्ने व्यक्ति वा विषयतर्फ आकर्षण बढ्न सक्छ। सिर्जनात्मक सोचले नयाँ ऊर्जा दिनेछ। रमाइलो वातावरणले थकान कम गर्नेछ।
- शुभ रंग: हल्का गुलाबी
- शुभ अंक: १
३. मिथुन
घरभित्रको वातावरण मिलाउनुपर्ने अवस्था आउन सक्छ। परिवारको चाहना बुझ समय दिनुपर्ने देखिन्छ। पुरानो कुरा सम्झेर भावुक बन्न सकिनेछ। शान्त बोलीले सहजता ल्याउनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक: ६
४. कर्कट
आज जिज्ञासा धेरै बढ्नेछ। नयाँ समाचार वा जानकारीले मन तान्न सक्छ। छोटो दूरीको यात्रा उपयोगी बन्ने संकेत छ। कुराकानीबाट फाइदाजनक अवसर निस्किन सक्छ।
- शुभ रंग: उज्यालो सेतो
- शुभ अंक: ९
५. सिंह
आफ्नो क्षमता प्रमाणित गर्ने समय आउन सक्छ। मेहनत अनुसार प्रतिफल पाइने संकेत छ। आवश्यक काममा खर्च गर्नु उपयुक्त हुनेछ। परिवारको भरोसाले आत्मबल बढाउनेछ।
- शुभ रंग: हल्का पहेंलो
- शुभ अंक: ७
६. कन्या
आज निर्णय लिन सजिलो महसुस हुनेछ। व्यक्तित्वको प्रभावले अरू आकर्षित हुन सक्छन्। रोकिएको योजना फेरि अघि बढ्ने सम्भावना छ। आत्मविश्वासले दिन सहज बनाउनेछ।
- शुभ रंग: गाढा बैजनी
- शुभ अंक: ४
७. तुला
भीडभन्दा एकान्त प्रिय लाग्न सक्छ। मनले केही शान्त समय खोजेछ। पुराना अनुभवले सोच गहिरो बनाउन सक्छ। ध्यान वा संगीतले राहत दिलाउनेछ।
- शुभ रंग: सेतो
- शुभ अंक: ९
८. वृश्चिक
आज कसैको प्रेरणाले नयाँ सोच जन्मिन सक्छ। साथीभाइसँग रमाइलो संवाद हुनेछ। तामो समयदेखि सोचिरहेको विषयमा स्पष्टता आउन सक्छ। सामाजिक वातावरण अनुकूल रहनेछ।
- शुभ रंग: गाढा रातो
- शुभ अंक: ३
९. धनु
कामको क्षेत्रमा सक्रियता बढ्नेछ। अरूले तपाईंको मेहनत सजिलै महसुस गर्न सक्छन्। जिम्मेवारी पूरा गर्दा आत्मसन्तुष्टि मिल्नेछ। अनुभवले निर्णय सही दिशातर्फ लैजानेछ।
- शुभ रंग: केसरी
- शुभ अंक: ६
१०. मकर
आज मन नयाँ अनुभवतर्फ आकर्षित हुनेछ। अध्ययन वा यात्रासम्बन्धी सोच बलियो बन्न सक्छ। टाढाको व्यक्तिबाट राम्रो समाचार आउन सक्नेछ। सकारात्मक वातावरणले ऊर्जा थप्नेछ।
- शुभ रंग: हल्का खैरो
- शुभ अंक: १
११. कुम्भ
गोपनीय विषयमा सतर्कता आवश्यक रहनेछ। खर्चको हिसाब मिलाउनुपर्ने देखिन्छ। शरीरलाई आराम कम हुँदा थकान महसुस हुन सक्छ। धैर्य राख्दा परिस्थिति सहज बन्नेछ।
- शुभ रंग: गाढा निलो
- शुभ अंक: ८
१२. मीन
आज अरूको व्यवहारलाई नजिकबाट बुझन सकिनेछ। सम्बन्धमा स्पष्टता आउने संकेत छ। मनको कुरा सन्तुलित रूपमा राख्दा फाइदा हुनेछ। साँझतिर मन शान्त महसुस हुनेछ।
- शुभ रंग: बैजनी
- शुभ अंक: २




































