१. मेष
आज तपाईंको काँधमा थप जिम्मेवारी आउने संकेत छ। कामप्रति पूर्ण एकाग्रता देखाउनुभएमा उत्कृष्ट नतिजा हात लाग्नेछ। हतारमा निर्णय लिनुको सट्टा धैर्यतापूर्वक अघि बढ्नु फाइदाजनक हुनेछ। सहकर्मीहरूको पूर्ण सहयोगले कठिन कार्य पनि सहज बन्नेछ।
- शुभ रंग: सुनौलो
- शुभ अंक: ८
२. वृष
आर्थिक क्षेत्रमा लगानी वा खर्च गर्दा निकै सोचविचार गर्नुहोला। पारिवारिक सहयोगले तपाईंको आत्मबल बलियो बनाउनेछ। हतार नगर्नुहोस्, धैर्यता राखेर गरेका साना प्रयासहरूले पनि बिस्तारै सकारात्मक फल दिनेछन्।
- शुभ रंग: क्रीम सेतो
- शुभ अंक: २
३. मिथुन
कार्यक्षेत्रमा केही मानसिक दबाब महसुस हुन सक्छ। तर, शान्त रहेर काम गर्दा सफलता अवश्य मिल्नेछ। जटिल समस्याहरू सुल्झाउन नयाँ र रचनात्मक सोचको प्रयोग गर्नुहोस्। साथीभाइको सल्लाह र सहयोग आज निकै उपयोगी सावित हुनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक: ६
४. कर्कट
आज तपाईंको मन केही गम्भीर वा संवेदनशील रहन सक्छ। मानसिक शान्तिका लागि परिवारसँग समय बिताउनु उपयुक्त हुन्छ। कामको सन्दर्भमा धैर्यता नगुमाउनुहोला; सानो मेहनतले पनि सोचेभन्दा राम्रो परिणाम ल्याउन सक्छ।
- शुभ रंग: फिक्का सेतो
- शुभ अंक: ४
५. सिंह
तपाईंको कार्यक्षमताको कदर हुनेछ र थप जिम्मेवारी मिल्न सक्छ। अरूले तपाईंमाथि राखेको अपेक्षा बढ्ने हुनाले केही कार्यव्यस्तता रहनेछ। परिस्थिति जे जस्तो भए पनि शान्त रहेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ।
- शुभ रंग: हल्का कलेजी
- शुभ अंक: १
६. कन्या
आजको दिन कार्यतालिका मिलाएर अघि बढ्ने दिन हो। मसिना कुराहरूमा ध्यान दिनुभयो भने राम्रो आर्थिक लाभ हुन सक्छ। सहकर्मीहरूको साथ र सहयोगले तोकिएको समयमै काम सम्पन्न हुनेछ।
- शुभ रंग: गाढा हरियो
- शुभ अंक: ५
७. तुला
धन र वित्तसँग सम्बन्धित निर्णयहरू गर्दा सावधानी अपनाउनुहोस्। पारिवारिक र व्यवसायिक सम्बन्धमा सन्तुलन मिलाउनु आवश्यक छ। दिन सामान्य रहे पनि काममा स्थिरता कायम रहनेछ, जसले भविष्यमा फाइदा पुग्नेछ।
- शुभ रंग: आकाशे निलो
- शुभ अंक: ३
८. वृश्चिक
आज तपाईंको आत्मबल उच्च रहनेछ। आफ्नो दृढ इच्छाशक्तिले कठिनभन्दा कठिन काम पनि सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। कार्यव्यस्तता बढे पनि धैर्य राखेर काम गर्दा उचित प्रतिफल प्राप्त हुनेछ।
- शुभ रंग: मरुन रातो
- शुभ अंक: ७
९. धनु
काममा विशेष ध्यान दिनुपर्ने देखिन्छ। सानो असावधानीले गल्ती हुन सक्ने भएकाले सतर्क रहनुहोला। शारीरिक थकान महसुस हुन सक्छ, त्यसैले कामको बीच-बीचमा आराम गर्दै अघि बढ्नु राम्रो हुन्छ।
- शुभ रंग: हल्का पहेंलो
- शुभ अंक: ९
१०. मकर
चन्द्रमाको शुभ प्रभावले तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रगतिको नयाँ मार्ग खुल्नेछ र नयाँ जिम्मेवारीहरू प्राप्त हुन सक्छन्। आजको लगनशीलताले भविष्यका लागि सुखद नतिजा सुनिश्चित गर्नेछ।
- शुभ रंग: खैरो
- शुभ अंक: ६
११. कुम्भ
आज मनलाई स्थिर र शान्त राख्न जरुरी छ। कामको अतिरिक्त चापले गर्दा मानसिक तनाव हुन सक्छ। कार्ययोजना बनाएर अघि बढ्नुहोला र आफ्नो स्वास्थ्यका लागि पर्याप्त आराम गर्न नबिर्सनुहोला।
- शुभ रंग: गाढा निलो
- शुभ अंक: ५
१२. मीन
साथीभाइ र आफन्तको सहयोगले रोकिएका कामहरू बन्नेछन्। कार्यक्षेत्रमा क्रमिक रूपमा सुधार आउनेछ। केही समय आफूलाई मन पर्ने काममा खर्चिँदा मन हलुका हुनेछ। सानो प्रयासले पनि फाइदा दिने समय छ।
शुभ अंक: २शुभ रंग: बैजनी




































