१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस्। मठ-मन्दिर आदिको यात्रा गर्दा परिवारसँग जानु उपयुक्त हुनेछ।
- शुभ रंग: हल्का निलो | शुभ अंक: ६
२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। सवारी साधन अरूलाई दिनबाट बच्नुहोस्। मेहनतले ज्ञान र कलामा निखार आउनेछ।
- शुभ रंग: सेतो | शुभ अंक: ७
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका काम बन्नुका साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्छ। प्रतिद्वन्द्वीको सल्लाहलाई विचार पुर्याएर मात्र विश्वास गर्नुहोला। राजनीतिमा जोडिएका व्यक्तिहरूलाई आज विशेष मौका मिल्नेछ।
- शुभ रंग: पहेलो | शुभ अंक: ८
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिनेछ। साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ। धर्म-कर्म भन्दा भौतिक सुविधातर्फ मन आकर्षित हुनेछ। विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिक्ने अवसर पाउनेछन्।
- शुभ रंग: पहेलो | शुभ अंक: ९
५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यक्षेत्रमा गरिएको कामको उचित कदर र जस पाइनेछ। लेखन वा अध्ययनको क्षेत्रमा राम्रो प्रगति हुनेछ।
- शुभ रंग: सेतो | शुभ अंक: ३
६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महत्त्वाकाङ्क्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा अलि बढी मेहनत गर्नुपर्ने देखिन्छ। मित्रहरूको साथ नमिल्दा मनमा आउने नकारात्मक भड्कावबाट बच्नुहोस्।
- शुभ रंग: गुलाबी | शुभ अंक: ५
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। समाजमा मान-सम्मान वृद्धि हुनेछ। नयाँ पहिरनको अवसर जुर्नेछ। बौद्धिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल हुनुहुनेछ।
- शुभ रंग: हरियो | शुभ अंक: ४
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ। घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रको विस्तारका लागि गरिएको यात्राबाट लाभ मिल्नेछ।
- शुभ रंग: खैरो | शुभ अंक: ८
९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार व्यवसायमा धैर्यताको ठूलो आवश्यकता छ। पहिले गरिएका सम्झौताहरूमा केही असमझदारी बढ्न सक्छ। गुरुको मार्गदर्शन उपयोगी रहनेछ। माताको सल्लाहलाई बेवास्ता नगर्नुहोला।
- शुभ रंग: खैरो | शुभ अंक: ९
१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरूको कुरामा बढी चासो लिने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारा चुनौतीहरूलाई पनि मेहनत र बुद्धिको प्रयोगले सजिलो बनाउन सकिनेछ। रोकिएका कामहरू पुनः सञ्चालन हुनेछन्।
- शुभ रंग: खैरो | शुभ अंक: ७
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्ना कमी-कमजोरी माथि कसैले टिप्पणी गर्न सक्छन्, सावधान रहनुहोस्। विचलित मनले कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। अध्ययन र व्यापारको क्षेत्रमा भने सोचेजस्तै प्रगति हुनेछ।
- शुभ रंग: हरियो | शुभ अंक: ४
१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लगनशीलताले ठूलो उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरूको पूर्ण साथ पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नुअघि पुराना बाँकी कामहरू सक्नु राम्रो हुनेछ।
- शुभ रंग: सेतो | शुभ अंक: १




































