मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक मामिलाहरूलाई बेवास्ता नगर्नुहोस्। घरका वृद्धवृद्धाहरूको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले नियन्त्रण राख्नुहोला।
- शुभ रंग: हरियो
- शुभ अंक: ३
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रतिष्ठित कार्य सम्पादन गर्ने अवसर मिल्नेछ। कृषि तथा पशुपालन क्षेत्रबाट राम्रो लाभ हुने देखिन्छ। सन्तान र आफन्तजनको पूर्ण सहयोग प्राप्त हुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक: ४
मिथुन (का, कि, कु, घ, उ, छ, के, को, हा)
सामाजिक वा सामूहिक कार्यमा धन खर्च हुने योग छ। आफ्नो व्यक्तित्व निखार्ने अवसर पाउनुहुनेछ, यद्यपि सांसारिक सुख-सुविधामा केही कमी महसुस हुन सक्छ।
- शुभ रंग: निलो
- शुभ अंक: ७
कर्कट (हि, हु, हे, हो, डा, ठि, कु, ठे, डो)
पुरानो लगानीबाट राम्रो प्रतिफल मिल्ने समय छ। नयाँ जागिरको खोजीमा रहनुभएकाहरूलाई सफलता मिल्नेछ। विद्यार्थीहरूको पढाइमा रुचि बढ्नेछ, तर कार्यक्षेत्रमा आफ्नो जिम्मेवारीप्रति लापरबाही नगर्नुहोला।
- शुभ रंग: रातो
- शुभ अंक: ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कमजोरीहरूलाई सुधार्ने मौका मिल्नेछ, जसले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। कार्यक्षेत्रमा गरिएको मेहनतको उचित फल मिल्नेछ र व्यापारमा पिताको सहयोग प्राप्त हुनेछ।
- शुभ रंग: पहेलो
- शुभ अंक: ३
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। तर, ईर्ष्या र अहंकारका कारण हातमा आएका राम्रा योजनाहरू गुम्न सक्छन्, सजग रहनुहोला। आर्थिक लेनदेनमा कसैलाई पनि चाँडै विश्वास नगर्नुहोस्।
- शुभ रंग: केशरी
- शुभ अंक: १
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अरूको काममा आफ्नो बुद्धि र श्रम खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। कार्यक्षेत्रमा विपक्षीहरूले तपाईंको कमजोरीको फाइदा उठाउन सक्छन्। वैदेशिक रोजगारीको क्षेत्रबाट भने लाभ मिल्ने देखिन्छ।
- शुभ रंग: खैरो
- शुभ अंक: ५
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना योजना र विचारहरूलाई कार्यान्वयन गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारी बढ्नाले आजको दिन व्यस्त रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् र विद्यार्थीहरूको मन अध्ययनमा जानेछ।
- शुभ रंग: सुन्तला
- शुभ अंक: २
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भो)
आयस्रोतका नयाँ बाटोहरू खुल्नाले मन प्रसन्न रहनेछ र साहित्यमा रुचि बढ्नेछ। यद्यपि, कार्यक्षेत्रमा केही रोकावट आउन सक्छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला।
- शुभ रंग: रातो
- शुभ अंक: ५
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
व्यापार-व्यवसायबाट सहजै लाभ मिल्नेछ र मेहनत अनुसारको आर्थिक उन्नति हुनेछ। रोजगारीका नयाँ अवसरहरू फेला पर्नेछन्। स्वास्थ्यको मामलामा भने अलि सजग रहनुहोला।
- शुभ रंग: निलो
- शुभ अंक: ९
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता र लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कामको सुरुवात गर्नका लागि राम्रो समय छ। न्यायिक क्षेत्रमा तपाईंको पक्ष बलियो रहनेछ।
- शुभ रंग: रातो
- शुभ अंक: ३
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेका र सोचेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ जागिर वा नोकरीमा सफलता मिल्ने योग छ। दीर्घकालीन योजनाहरू अगाडि बढाउँदा फाइदा हुनेछ, तर व्यापारमा गोपनियता कायम राख्नुहोला।
- शुभ रंग: सुन्तला
- शुभ अंक: ५




































