भाटभटेनी भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुलेकाे छ ।
आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित भाटभटेनीको भवन भत्काउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फ रहेको भाटभटेनि भवनको पर्खाल खस्दा घाइते भएका ३ जनाकाे पहिचान खुलेकाे हाे ।
घाइते हुनेहरूमा २५ वर्षिय दिपक तामाङ, ३३ वर्षिय राज कुमार स्याङतान र ३१ वर्षिय विजय पाख्रिन रहेका छन् । त्यहाँ १७ जना कामदार थिए ।
घाइते हुनेहरु मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनीहरु काठमाडौँ स्थित भाटभटेनी बस्दै आएका थिए । उनीहरुको घाइते हुनेहरु मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् ।
उनीहरुलाई उपचारको लागि टिचिङ अस्पतालमा पठाइएको छ ।








































