Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:५५ दिउँसो
- ADVERTISEMENT -

जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

प्रकाशित मिति: २०८२ असोज २४, शुक्रबार

132
Shares

शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका-६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो ।  

चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा, उहाँका छोरी र सो वडाको मानबीर बुढा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । 

अन्य छ जना घाइते भएका छन् भने घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा हुनुहुन्छ । घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरि प्राथमिक उपचार भइरहेको र घाइतेको जिल्लाबाहिर उपचारका लागि उद्धार गर्ने तयारी भइरहेको छ । 

प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरकाे जीप छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -