गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ चुम्चेत चुम्लिङ्गका उईटुप लामा असार २४ गते साँझ छेकम्पार जान लाग्दा रेन्जोमको बाटोमा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगाले लागेर घाइते भएका छन्।
घटनापछि गोरखा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईको समन्वयमा Altitude Air को हेलिकप्टरमार्फत घाइते लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते लामालाई उपचारको लागि काठमाडौं ल्याइएको जनाइएको छ।

सांसद बजगाईले समयमा उद्धार गर्न सकिएकोमा राहतको अनुभूति भएको बताउँदै घाइते लामाको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्। यस्ता घटनाबाट सचेत रहन र जोखिमपूर्ण स्थलहरूमा आवश्यक सुरक्षा उपायहरू अपनाउन स्थानीय निकाय र सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गरिएको छ।









































