मोरङमा आगलागिमा परि दुई बालबालिकाको मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिकामा आगलागि हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको हो । धनपालथान– ६ स्थित कदमा गाउँमा आज दिउँसोबाट सुरु भएको आगलागिमा परि दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालबालिकाको परिचय भने खुलेको छैन । आगलागिबाट ८ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागि नियन्त्रणको प्रयास भईरहेपनि चर्काे घाम र हावाहुरीका कारण आगलागि नियन्त्रणमा समस्या भएको मोरङका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।








































