Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४२:२० दिउँसो
- ADVERTISEMENT -

दुर्घटना कम गर्न मापसे र लापसे परीक्षण

प्रकाशित मिति: २०८१ पुस २२, सोमबार

159
Shares

धादिङको यात्रामा रहेका सवारी चालकहरु अब मापसे मात्र होइन लापसे (लागु पदार्थ सेवन) गरेर सवारी हाँकेको पाइएमा कारबाही पर्ने भएका छन् ।
सवारी दुर्घटनाको कारक बनीरहेको लागु पदार्थ सेवन गरेर सवारी हाँक्नेहरुलाई स्वास्थ्य परीक्षण तथा लागु पदार्थ सेवन परीक्षण कार्यक्रम आइतबारबाट सुरु गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि गरिएको मादक पदार्थ सेवन र लागु पदार्थ सेवन परीक्षण गरी सेवन गरेको पाइएमा  आइतबारबाट कारबाही सुरु समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

आइतबार पृथ्वीराजमार्गको जरेमा सवारी चालकको लापसे तथा मापसे जाँच गरेर सुरु गरिएको अभियान निरन्तर आकस्मिक रुपमा चल्ने र यसले सार्वजनिक सवारीमा यात्रा गर्नेहरुको जिउधनको सुरक्षा हुने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

कार्यक्रमको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ब्यानर खोलेर सुरुवात गरेका थिए ।

कार्यक्रलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले राजमार्गमा हुने अत्यधिक दुर्घटना कम गराउन लापसे परीक्षण गर्न स्थानीय सरकारको दायित्व अन्तरगत साझेदारीमा कार्यक्रम ल्याइएको बताए ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सवारी चालकहरुलाई लागु पदार्थ खाएर सवारी नचलाउन आग्रह गर्दै मादक पदार्थ र लागु पदार्थ खाएर सार्वजनिक सवारी चलाउनेलाई सरकारले कडा कारबाही गर्ने बताए ।

कार्यक्रम उद्घाटनको अबसरमा २५ सवारी चालकलाई गरिएको परिषणमा एक जना सवारी चालकले लागु पदार्थ सेवन गरी  सवारी चलाएको फेला परेकोले चालकलाई नियन्त्रणमा लिएर सवारी साधनलाई गन्तव्य सम्म पठाउन वैकल्पिक चालक समेत व्यवस्था गरेको थियो । लापसे र मापसे परीक्षण राजमार्गको विभिन्न स्थानमा लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुलाई आकस्मिक रुपमा संचालन गरिने जनाइएको छ ।

सवारी दुर्घटनाको कारणमध्ये लागु पदार्थ सेवनपछि सवारी चलाउँदा भएको दुर्घटना र ज्यान गुमाउनेसंख्या समेत उल्लेख्य रहने गरेको तथ्याङ्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -