Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:१२ दिउँसो
- ADVERTISEMENT -

महोत्तरी बस दुर्घटनामा २२ जना घाइते

प्रकाशित मिति: २०८१ मंसिर ३०, आइतबार

101
Shares

महोत्तरीको भिठामोड–जनकपुर सडक खण्डमा आइतबार बस पल्टिँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।

भिठामोड सीमानाकाबाट जनकपुरको लागि आइतबार करिब १२ बजे हिडेको ना ४ ख १०९६ नम्बरको बस जलेश्वर नगरपालिका वडा ३ रातोपुलमा पल्टिँदा यात्रु घाइते भएका हुन् । घाइतेहरुमध्ये १५ जना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ । 

चालकले मदिरा सेवन गरेका कारणले बस पल्टिएको बसमा सवार यात्रुहरुको भनाइ रहेको छ । प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइरहनुभएका बसमा सवार यात्रु मयंक साहले चालकले मदिरा सेवन गरेकाले बस पल्टिएको बताउनुभयो ।

घाइतेहरुमध्ये भारत सीतामढी निवासी सविता यादव तथा कोमल राउतको टाउकोमा चोट लागेकाले उहाँलाई थप उपचारका लागि जनकपुर पठाइएको छ । घाइतेमध्ये अधिकांशको हात, खुट्टा, अनुहारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बस पल्टिँदा भारत सीतामढी जिल्लाको हनुमाननगर, विहारका अजय कापर, जगतारण देवी, भारत चम्पारणका राजेन्द्र बहादुर, सरोज महतो, सितामढी पठनपुराका विनिता देवी, अभदेष साह, अंकुरा साह, मयंक साह, सीतामढी पुनौराका मोहन राम, सीतामढी हनुमाननगरका चन्द्रकला देवी, गणेशी पासवान, भिठामोडका सिराजुल राइन घाइते छन् ।

त्यस्तै, जनकपुर –८ बस्ने सलोनी पाण्डेय, जनकपुर –१ बस्ने नसिमा खातुन, जलेश्वर –१२ का मोमिन राजा, लोहारपट्टी महोत्तरीका समरु खातुन, नाजति खातुन, महोत्तरी –४ का अरमान पासमानलगायत घाइते छन् । घाइतेलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वरबाट गएका एम्बुलेन्सले उपचारका लागि अस्पताल ल्याएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -