नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ ।
कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ ।काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ ।आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।








































