- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपकुलपति थापाका न्युक्तिहरुले केयुमा राजनीतिकरणको विवाद चुलियो 

September 27, 2024
1676
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ विश्वविद्यालय (केयु) मुलुकमै आधुनिक उच्च शिक्षाको सुरुवात गर्ने संस्थाको रुपमा परिचित छ | अन्य विश्वविद्यालयहरुको तुलनामा सतहमा नै देखिने गरि राजनीतिक क्रियाकलाप नहुने केयुमा पछिल्लो समय राजनीतिक भागबंडाका कुराहरु सार्बजनिक रुपमै निस्केर किचलो हुनथालेको छ | विशेषत: काठमाडौँ विश्वविद्यालयमा पछिल्ला तीन वर्षमा भएका प्रमुख नियुक्तिहरुमा राजनीतिक ध्रुवीकरणको प्रष्ट संकेत देखिएपछी विवाद चुलिएको छ । सरशर्ति हेर्दा त्रीभुवन विवविधालयमा बाम तर काठमाडौँ विश्वविद्यालयमा लोकतन्त्रपक्षधरको बर्चश्व देखिने गरेकोमाआफूलाई नेपाली कांग्रेस निकट बताउने उपकुलपति भोला थापाले योजना गरेर नै यो दृष्टात परिवर्तन गरिदिएको भनिन्छ ।

 उपकुलपति थापाले पछिल्ला नियुक्तिमा ५९ प्रतिशत नियुक्तिहरू वामपन्थी पृष्ठभूमिका व्यक्तिहरूलाई गरेका छन्, जसले नियुक्तिमा राजनीतिक प्रभावको चर्चा चुलिएको छ। उपकुलपति थापाले आफ्नो अर्को कार्यकाल सुनिश्चित गर्न वर्तमान वामपन्थी सरकारलाई खुशी पार्ने प्रयास गरेको स्रोतको दाबी छ र थापाले पछिल्ला महिनाहरुमा गरेका प्रमुख नियुक्तिहरूमा माओवादी केन्द्र र एमालेसँग सम्बद्ध धेरैजसो व्यक्तिहरू रहेका छन्, जसले उनलाई अर्को कार्यकालमा पनि सत्तामा टिकाइराख्नका लागि वामपन्थी नेताहरूलाई सन्तुष्ट पार्न खोजेको आरोप थप बलियो बनाएको छ।

पहिलो कार्यकाल केपी ओली प्रधानमन्त्री हुदै निन्युक्ति पाएका थापाको कार्यकाल यहि माघमा सकिदै छ र पहिलो कार्यकालमा झापा इस्थित वि. एंड. सी. मेडिकल कलेजलाई सम्बन्धन दिने सर्तमा न्युक्ति पाएका हुन् भन्ने कुरा चलेको थियो तर अहिले कुनै लाभ देखाउने कुरा नभए पछी पछिल्लो केहि बर्षमा प्रधानमन्त्री जुन पार्टीको हुन्छ त्यहि पार्टीका व्यक्तिहरुलाई न्युक्ति दिने गरेका कुरा एक प्राध्यापकले बताए ।

 “सामाजिक संजाल देखि लएर स्थान्य जनप्रतिनिधिहरुले समेत उपकुलपति थापाको कार्यशैली प्रति प्रश्न गर्न थालेका छन् | योग्य व्यातिलाई भन्दा पनि सरकार जुन पार्टीको छ त्यहि पार्टीमा संलग्न व्यक्तिहरुलाई उहाले न्युक्ति दिनु भएपछी विवाद सतहमा आएको हो “ उनले बताए | यति सम्म कि बामपन्थी पार्टीका संगठित व्यक्तिहरु जो थापाका कटु आलोचना गर्थे उनीहरुलाई नै विभिन्न पद सिर्जना गर्दै उपकुलपति थापाले धमाधम न्युक्ति दिनथालेका छन् । यसको ज्वलन्त उदाहरण भखरै इन्जिनियरिङको एसोसिएट डीनमा न्युक्ति पाएका श्याम सुन्दर खडका हन् । एमालेका संगठनिक सदस्य खड्का थापाको खुल्ला बिरोध गर्ने गर्थे भने आफु त्यहाका कनिष्ठ हुँदा हुदै न्युक्ति पाए ।उनको न्युक्ति एमालेकै प्रत्यक्ष संगठनमा लाग्ने हेमराज काफ्ले र खगेन्द्र आचार्यको एसोसिएट डीनमा न्युक्ति भएपछी भएको हो | प्रचण्डको सरकार भइरहेको समयमा  काठमाण्डौ विश्वविद्यालयको प्राध्यापक संघको चुनाबमा खुल्ला रुपमै माओवादी संगठित सदस्य बिकाश अधिकारीलाई जिताउन थापा लागिपरे भने एमालेबाट हार बेहोरेका खगेन्द्र आचार्यलाई मेनेजमेन्टको एसोसिएट डीनमा २ महिना नपुग्दै न्युक्ति दिएका थिए । यी न्युक्ति उपकुलपति थापाले गरेका केहि उदाहरणहरु मात्र हुन् । प्रशासनिक न्युक्तिमा मात्र नभई अध्यापक न्युक्तिमा समेत अब्बल व्यातिकरु सूचीमै नपर्ने यद्दपी आफ्नै क्षेत्रको आधारभूत ज्ञान समेत नभएका व्यक्तिहरुलाई हरेक पटक विभिन्न नियम ल्याएर विभिन्न लाभको पदमा न्युक्ति दिने गरेका छन् । यसले विश्वविद्यालयलाई आर्थिक भार त परेको छ नै त्यसमाथि गुणस्तरमा गम्भीर हेलचेक्राई भैरहेको तथा अब्बल प्राध्यापकहरु भविस्यको सुनिस्चितताको लागि विश्वविद्यालय दिनानुदिन छोड्दै गईरहेको लामो समय सम्म केयु धुलिखेलमा कार्यरत रहेका एक प्राध्यापकले भने । 

नेकपा माओवादी निकट श्रोतका अनुसार, भनिन्छ, जतिखेर प्रचण्ड प्रधानमन्त्री थिए, कतै हाईकमाण्डमा बसेर तपाइका मान्छेहरु सवैलाई उहाँहरुले रोजेका राम्रो स्थानमा पु–याउछु भनेर उपकुलपति थापाले कसम खाएका थिए । समग्र विश्वविद्यालयमा चार जना सकृय रहेको उक्त समुहवाट एक जनालाई डिन बनाइ सकेपश्चात अनुभव नै नभएका अर्का व्यक्तिलाई परिक्षा नियन्त्रकमा ल्याएर विश्वविद्यालयको परिक्षा प्रणाली नै ध्वस्त वनाइदिएको आरोप प्राध्यापक तथा विद्यार्थी संघ संगठनहरुको छ |धुलिखेलमा अध्यनरत विद्यार्थी अनिश पौडेल अचेल अनलाइन जीपीए समेत हेर्न नमिल्ने गुनासो गर्छन । नाम नबताउने सर्तमा एक प्राध्यापकले भने “त्यससंग अर्का कमरेडलाई विश्वविद्यालय प्राध्यापक संघको अध्यक्ष जसरि पनि बनाउछु भनेको हुदो रहेछ र त्यसकालागि लोकतान्त्रिक पक्षधरहरुलाई तहसनहस पारेर उक्त कार्य पनि सफल गरे ।

सवभन्दा बढि शिक्षक रहेको मेडिकल साइन्सका डिनलाई अनेक धम्कि र प्रलोभनमा पारेर यहाँका अधिकांशको मत माओवादी कार्यकर्ताले नृतृत्व गरेको समुहमा पार्न लगाए भने उनका भक्त रहेका इन्जिनियरिगंका डिन मनिष पोख्रेल, एसोसियट डिन बृजेश अधिकारि, इन्जिनियर विराजसिंह थापा लगायतलाई उक्त समुहका पक्षमा खुल्न र सहयोग गर्न लगाए । परिणाम, बढिमा ६ भोट रहेको उक्त समुहलाई केहि लोकतन्त्रपक्षधरसंग जुटाएर १५२ बढि भारि मत सहित विजय गराउनेमा पुग्यो ।“ श्रोतका अनुसार बास्तबमा माओवादीका केन्द्रिय विभाग सदस्य रहेका विकास अधिकारिलाई सघाउने देखिएका पदाधिकारि वाहेक अरुलाई यसमा सकृय सहभागि नहुन दबाब नै दिए । यसो गरिरहँदा अलिक मतमा प्रभाव पार्न सक्ने विबेक बराल, उद्धब प्याकुरेल जस्ता प्राध्यापकलाई कसरि विश्वविधालय वाहिरका काममा लगाएर प्राध्यापकहरुसंग सम्पर्कवाट टाढा राख्न सकिन्छ भनेर पनि खेलियो । बराललाई आफुसंगै सुदुर मध्यपश्चिमतिर लगेर इन्गेज गरे भने प्याकुरेललाई कुनै सामान्य कामकालागि भनेर विदेश नै पठाइदिएर प्रत्यक्ष सम्पर्कवाहिर राख्न सफल रहे ।

लोकतन्त्र पक्षधरप्रति थापाको रबैया “कि मैले भनेको झुठलाई पनि सहि भनेर पछि लाग नत्र म अरुलाई लिएर नै काम गर्छु “ भन्ने थियो । उनका पालामा भएका सवै नियुक्तलाई दोश्रो कार्यकाल पनि थप्ने खुल्ला निती बताउदै आएका थापाले हालसम्म विश्वविद्यालयमा लोकतान्त्रिक पक्षधरको नेतृत्व गर्दै आएका यसअधिका प्राध्यापक संघका दुबै प्राध्यापक क्रमश विभुतिरन्जन झा र बेदमणी दाहाल दुवैको पहिलो कार्यकाल सकिएपश्चात दोश्रो कार्यकालकालागि फाइल अगाडि नबढाई नै अवकासमा धकेलिदिए । तर उनलाई प्रश्न नगर्ने विराजसिंह थापा, बृजेश अधिकारि जसले निर्वाचनमा माओवादीसंग सहकार्य गरे, लाई भने म्याद सकनासाथ पुन नियुक्ति गरियो  । त्यसरि दोश्रो कार्यकालमा नपाउनेको सुचीमा अरु दुई लोकतन्त्र पक्षधर निर्देशकहरु किसोर खनाल र शर्मा पनि रहेका छन् । प्राध्यापक संघका पुर्व सभापती रहेका ४ जनामध्ये दुइ बामपन्थी डीन र परिक्षा नियन्त्रक पदमा रहिरहँदा वाँकि दुई अर्थात विभुतिरन्जन झा र बेदमणी दाहालको पदीय हैसियतलाई  निरन्तरता नदिनुले उपकुलपती थापाको लोकतान्त्रिक पक्षधर विरोधी छवि झल्काउछ । पुर्व सभापती विभुतिरन्जन झालाई त नियम नै मिचेर हुदै नभएको एक वर्षको मात्र कार्यकाल राखेर निर्देशक पद दिइएको थियो ।

यसको मक्सद भनेको माथि भनिए झै थापाले भनेको झुठलाई पनि सहि भनेर पछि लाग्छ कि लाग्दैन भनेर टेष्ट गरेको हो भन्ने दाबी झा निकट श्रोतको छ । दाहाल र झालाई भएको सौतेलो व्यवहारमार्फत लोकतान्त्रिक पक्षधरलाई सवक सिकाउन प्रयास थापाले गरेका र त्यहि कारण पनि बाह्य दुनियामा अलिक चिनीएका उद्धब प्याकुरेल, विबेक बराल जस्ता प्राध्यापकहरु विश्वविधालयको आन्तरिक विषयमा आफ्ना साथिहरु संरक्षण गर्ने संगठित अभियानमा त्यति नलागेका कारण यहाँको लोकतान्त्रिक पक्ष अरु कमजोर भएको भन्नेहरु पनि छन् ।    

त्यस्तै अर्को उदाहरण हो थापाले बामपन्थी विद्यार्थी संगठनहरुलाई दिएको प्रसय । उनले नेकपा  निकट विद्यार्थी संगठनहरुलाई गलत रुपमा आर्थिक रुपमै सहयोग गर्ने गरेको आरोप छ । गत वर्ष नेकपा समजवादी निकट विद्यार्थी संगठनले रिसर्च ल्याव्हरु बन्द गरेका थिए र हप्तौ बित्दा प्रशासनले कुनै ताला खुलाउने प्रयास नगरेकाले अनुसन्धानकर्ताहरुले आफै ताला खोल्दा संगठनले कालोमोशो सहित हातहतियार बोकेर आक्रमण गर्न आए र त्यतिखेर समेत प्रशासन मुकदर्शक भएर बस्यो, यसैको बिरोधमा अनुसन्धानकर्ताहरुले उपकुलपति थापा समक्ष “जेरो टोलरेन्स पोलेसी” ल्याउनु पर्ने माग राखे तर उपकुलपति उल्टै अनुसन्धानकर्ताहरु माथि खन्निए र आफुले त्यस्तो गर्न नसकने तथा कसैले कुट्न आए अलि अलि कुटाई खाएर सहनु पर्ने भने । यहासम्म कि सबै अनुसन्धानकर्ताहरुलाई अनुसन्धान बिनापनि विश्वविद्यालय चल्ने सक्ने भएकोले छोडेर जादा हुने भनेर फर्काइदिए । त्यतिमात्र हैन त्यस विद्यार्थी संगठनका एउटा विद्यार्थीको एडमिसन त आफैले विभागमा फोन नै गरेर गराइदिए । आन्तरिक श्रोतको अनुसार थापाले त्यस संगठनलाई विभिन्न प्रोजेक्ट शिर्षकमा आर्थिक सहयोग पनि गर्ने गरेका छन् । त्यसबखत नेकपा एस., माओवादी र कांग्रेसको गठबन्धनको सरकार रहेको थियो र प्रचण्ड पछी नेकपा एस।को सरकार बन्ने कुराभएको ले उनले भविस्यमा हुन सक्ने कुलपतिलाई रुझाउन यसो गरेका हुन् भन्ने कुरा एक अनुसन्धानकर्ताले बताए र उपकुलपति थापा यति सम्म बामपन्थी नेताहरुलाई रुझाउना लागेका छन् कि उनले एमाले पुर्वमन्त्रि कृष्ण गोपाल श्रेष्ठका छोरालाई आफ्नै कार्यकक्षमा दिक्षित् गर्न समेत पछी परेनन् |

थापाको रोजाईमा अचेल कि त बामपन्थी निकट व्यक्तिहरु पर्छन कित आफुले भनेको सरासर मान्ने । यस्को उदाहरण हो इन्जिनियरिङका डीन मनिष पोखरेल । श्रोतका अनुसार “क्यालेन्डर” का लागि चिनिने केयुमा पोखरेलले क्यालेन्डर निकाल्नु त परको कुरा हो भइरहेकै संकाय पनि आफ्नो कार्यकालमा डामाडोल बनाएका पोखरेल हरेक समय आफ्नो कर्यकक्षमा नभई थापाको कर्यकक्षमा भेटिन्थिए । यसैको फल स्वोरुप स्कुलभित्र अध्यापक र विद्यार्थी दुबैको तिब्र आलोचना हुंदाहुदै पनि अर्को कार्यकाल पाउन सफल भए। 

थापाले हालसम्म गरेका प्रमुख नियुक्तिहरूमा वामपन्थी झुकाव भएका र कांग्रेस निकट व्यक्तिहरू मिश्रित छन्। 

केही प्रमुख नामहरू यस्ता छन्स्

1. डिनहरू: एकुमाया पुन (कांग्रेस), बालचन्द्र लुइटेल (एमाले), विजय केसी (निर्दलीय), मनिष पोखरेल (भोलापथ-एमाले), जनार्दन लामिछाने (माओवादी केन्द्रिय विभाग सदस्य), रिसिकेष बाग्ले (कांग्रेस), मनोज हुमागाई (भोलापथ -कांग्रेस)।

2. सल्लाहकार: पन्ना थापा (एमाले)।

3. परिक्षा नियन्त्रक: रामप्रसाद घिमिरे (माओवादी केन्द्रिय विभाग सदस्य)।

4. नि. निर्देशक: उद्धब प्याकुरेल (कांग्रेस), विराजसिंह थापा (भोलापथ), बृजेश अधिकारी (भोलापथ)।

5. सहायक डिनहरू: प्रकास भटराई (कांग्रेस), हेमराज काफ्ले (एमाले), श्यामसुन्दर खड्का (एमाले), खगेन्द्र आचार्य (एमाले), बालकृष्ण बल (एमाले), उज्वलमान जोशी (निर्दलीय), दिपक कुँबर (एमाले), बलराम मल्ल (निर्दलीय)।

6. सहायक निर्देशक: गोकुल केसी (एमाले)।

7. सहायक नियन्त्रक: मेघराज दगांल (माओवादी झुकावका एमाले)।

8. सहायक निर्देशक: ब्रजेश मिश्र (एमाले)।

यस्ता नियुक्तिहरूले उपकुलपति भोलाथापामाथि नियुक्तिको प्रक्रियामा राजनीतिक पूर्वाग्रह र स्वार्थ हाबी भएको आरोपलाई बल पुर्‍याएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -