- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

असार २४ गते सोमबारको तपाईको दैनिक राशिफल

July 8, 2024
62
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज मिति वि. सं. २०८१ असार २४ गते सोमबार ई.सं.२०२४ जुलाई ०८ नेपाल सम्बत ११४४ दिल्लाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार शुक्ल तृतीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वज्र योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:१४ बजे भयो भने सूर्यास्त साँझ ०७:०३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

- ADVERTISEMENT -

Advertisement

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन सामान्य छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । तर महत्वपूर्ण कुनै काम सफलतापूर्वक सम्पन्न हुने योग छ । इष्टमित्रको सहयोग प्राप्त होला । परिवारिक सुख रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):आजको दिन नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, तर बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । विलासी काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन रमाइलैसँग बित्नेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । आयमूलक काममा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले साथ दिनेछ । कर्मबल बढ्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका पनि जुर्ला । आजको दिन स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनु हितकर होला । कतैबाट ठूलै लाभको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धर्मकर्ममा आकर्षण रहला । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उचित ढंगले कर्मको फल प्राप्त हुनाले मन प्रशन्न रहने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । असंयम व्यवहारले सम्बन्धमा तलमाथि पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । आजको दिन बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । अनायसै धन खर्चनुपर्ने योग छ, सचेत रहनुहोला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । भेटघाटको अलमलले नोक्सानी दिलाउन सक्छ, ध्यान राख्नुहोला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । यसका बाबजुद प्रतिस्पर्धी परास्त होलान् । रसरागमा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सुख बढेर आउनेछ । शुभता वृद्धि होला । पराक्रम र उत्साह बढ्ने अनि धन आर्जन गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । व्यवसायमा थप लगानी लगाउनु लाभदायी हुनेछ । विदेश भ्रमणका लागि गरिएको प्रयत्न फलदायी बन्न सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि रहनेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर, सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । मेहनतले राम्रै लाभ उठाउन सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग रहेकोले विशेष सतर्कताको आवश्यकता छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय भएपनि नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा फाइदा नै हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्ला, तर स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):व्यस्तता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ला । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मित्रजनको साथ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । व्यापारमा पनि फाइदा हुने योग छ । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com