काठमाडौं। सोह्रखुट्टेस्थित सिग्मा सेकेन्डरी स्कुलले एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मानसहित १० हजार नगद पुरस्कार वितरण गरेको छ। शैक्षिक क्षेत्रमा विद्यार्थीको ऊर्जा विस्तार गर्ने उद्देश्यले प्रोत्साहनस्वरुप नगद पुरस्कार वितरण गरिएको स्कुलका प्रमुख जयदेव सिंह धामीले बताए।

‘’विद्यार्थीको मिहिनेतलाई लक्षित गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार वितरण गरेका हौं,’ विद्यालय प्रमुख धामीले भने, ‘’यसमार्फत विद्यार्थीमा थप ऊर्जा विस्तार हुने आशा लिएका छौं।’
उनका अनुसार सिग्मा स्कुलमा एसईई दिएका २९ मध्ये भूषण धामी, पुनम महत, अरुण गुरुङ, भूमिका धामी, सम्प्रदा तिमलसिना, कृश्चल लोहनी, अर्लिन श्रेष्ठ र विराज थापालाई नगद पुरस्कार वितरण गरिएको हो। प्रत्येक विद्यार्थीलाई १० हजार रुपैयाँ दरले नगद पुरस्कार वितरण गरिएको उनले बताए।
हाल यस स्कुलमा करिब ६०० विद्यार्थी अध्ययनरत छन्। यसैगरी सिग्माअन्तर्गत उच्च माध्यमिक तहमा ६०० र स्नातक तहमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको प्रमुख धामीले बताए।









































