झरनामा फोटो खिच्ने क्रममा चिप्लेर लड्दा फिदिम २ का १८ वर्षीय एल्सन मगरको ज्यान गएको छ । फालेलुङ-६ को मुवा झरना घुम्न गएका उनको सोमबार साँझ साथीहरूसँग फोटो खिच्ने क्रममा लडेर ज्यान गएको हो ।उनीसँगै गएका फिदिम ११ का सुदीप आङ्वो, फिदिम-२ का राजन फागो र फिदिम-११ का विशाल विश्वकर्मा घाइते भएका छन ।
उनीहरूमध्ये आङ्वोलाई पाँचथर अस्पतालमा उपचारपछि घर पठाइएको छ । भने फागो र विश्वकर्माको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरू चारै जना सोमबार दिउँसो मुवा झरना घुम्न गएका थिए । त्यसै क्रममा फोटो खिच्दा चारैजना चिप्लेर लडेका थिए । गम्भीर घाइते हुन भएका एल्सनलाई तत्काल पाँचथर अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि झापा तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसप हेमन्तबहादुर भण्डारीले बताए ।








































