Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:३० दिउँसो
- ADVERTISEMENT -

काठमाडौँबाट इटहरी जाँदै गरेको हायस दुर्घटना

प्रकाशित मिति: २०८१ जेठ २१, सोमबार

344
Shares

मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ कालीखोला नजिकै सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। काठमाडौँबाट इटहरी जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस सडकमै पल्टिदा त्यसमा सवार १४ जना यात्रुहरूमध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा सुनसरी जिल्ला रामधुनी नपा २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, हायसका सह चालक सुनसरी जिल्ला इटहरी उमनपा १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी, सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५ घोपाबाद  बस्ने वर्ष ४५ को होमनाथ अधिकारी हुनुहुन्छ । 

यसैगरी सुनसरी जिल्ला इटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी नपा४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोही ठाउँकी वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ को टङ्क श्रेष्ठ र धरान उमनपा ५ ठिङ्गाबारी बस्ने वर्ष २९का  डिल्ली कुमार लिम्बु घाइते हुनुभएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार थापाले बताउनुभयो । 

घाइतेहरूको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र  दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -