- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धान खेतमा पुरुषको शव भेटियो ,पहिचान खुलेन

May 9, 2024
138
Shares
- ADVERTISEMENT -

मोरङको रंगेली नगरपालिका–२ बिरान टोलस्थित धान खोतमा बिहीबार बिहान १ जना पुरुषको शव फेला परेको छ । मृत फेला परेका अन्दाजी ३५/४० वर्षीय पुरुषको पहिचान खुलेको छैन । धान खेलमा पुरुष मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई बिहान ७ बजेतिर दिएका हुन् । 

तत्काल घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पुर्‍याएको छ ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मृत फेला परेका पुरुषको सनाखत भइनसकेको जानकारी दिए । ‘मृतकको नाम, थर र वतन खुलेको छैन । सबैतिर हुलिया परिपत्र गरेर पहिचानको प्रयास भइरहेको छ,’उनले भने,‘प्रहरीलाई प्राप्त जानकारी अनुसार मृतक स्थानीय होइनन्। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा तत्काललाई घटना शंकास्पद देखिँदैन । मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएकाले अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लाग्ने बस्नेत बताउँछन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com