- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

May 5, 2024
67
Shares
- ADVERTISEMENT -

 डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेक बागमती प्रदेश ०१ ००१ क ५६५१ नम्बरको टिप्पर वडा नम्बर ४ सिरोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार धादिङ घर भएका टिप्पर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदिप बिक घाइते छन । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com