- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

May 5, 2024
102
Shares
- ADVERTISEMENT -

दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बस्नुभएका खाँलाई आइतबार करिव ११ बजेतिर ठक्कर दिदा उहाँको मृत्यु भएको मल्लले जानकारी दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरीले ठक्कर दिने ट्रकसहिच तुलसीपुर उपमहानगरपालिका–१३ निवासी चालक गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com