- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भोजपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

April 29, 2024
101
Shares
- ADVERTISEMENT -

 भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोशी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। 

- ADVERTISEMENT -

Advertisement

प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बोलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -