- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वनबाट सल्केको डढेलोले बस्ती नै खरानी, राहतको पर्खाइमा पीडित

April 29, 2024
65
Shares
- ADVERTISEMENT -

गाईघाट सामुदायिक वनमा सल्किएको डढेलाले नजिकै रहेको राजपुर गाउँपालिका–७ स्थित हाडबास गाउँ खरानी भएको हो। २५ घर रहेको गाउँमा फुसका छाना भएका २४ घर र १० गोठ जलेका हुन्।

टिनले छाएको एउटा घर मात्रै जोगिएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताए। “टिनको छानो भएको घर मात्रै जोगिएको छ, फुसको छानो भएका घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्।”

- ADVERTISEMENT -

Advertisement

वडाध्यक्ष वलीका अनुसार, आइतबार दिउँसो गाउँ नजिकै गाइघाट वनमा डढेलो लागेको थियो। पश्चिबाट चलेको तिव्र हावाको कारण डढेलो हाडवास बस्तीमा छिरेको उनले बताए।

सामुदायिक वनमा सल्किएको डढेलो हाडबास गाउँमा सीता भण्डारीको घर सक्लेको उनले बताए। त्यसपछि स्थानीय बासिन्दा आगो निभाउन भण्डारीको घरतर्फ डुगुरे। “सबै गाउँले भण्डारीको घरमा आगो निभाउन खटिएका थिए, तिव्र हावाले गाउँका अन्य घरमा पनि फैलियो,” वडाध्यक्ष वलीले भने, “स्थानीयले आगो निभाउन त खोजेका थिए तर सकेनन्, क्षणभरमा गाउँ सखाप भयो।”

- ADVERTISEMENT -

Advertisement

हाडबास गाउँमा आगलागी भएपछि लमही नगरपालिका र गढवा गाउँपालिकाबाट दुई वटा दमकल आएका थिए। तर हाडवास गाउँसम्म दमकल पुग्ने बाटो नभएपछि फकिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन केसीले बताए। “आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा दमकल कुरेर बसेका थिए,” केसीले भने, “तर बाटो राम्रो नभएका कारण हाडवास गाउँसम्म दमकल पुग्न सकेन।”

गाउँसम्म दमकल जाने बाटो भइदिएको भए केही घर जोगाउन सकिने केसीको भनाइ छ। यसरी, एक घरबाट अर्को घर हुँदै गाउँ नै खरानी भए।

आगलागीबाट गाउँ नै विस्थापित भएको छ। स्थानीय बासिन्दा त्रिपाल टाँगेर बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए। गाउँका ९९ जना बारीमै त्रिपाल टाँगेर बसेका छन्।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेकोछ । प्रारम्भिक विवरणअनुसार, करीब एक करोड बराबरको धनमाल जलेर नष्ट भएको मल्लले बताए।

आगलागीबाट पीडित परिवार राहतको पर्खाइमा छन्। केही संघसंस्थाले सहयोग गरेको भए पनि खानबस्नै समस्या भइरहेको उनीहरूले बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -