- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

April 28, 2024
85
Shares
- ADVERTISEMENT -

नवलपरासीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बिहान साढे १० बजे सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी५५ बीटी२५४६ नं.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु२६प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवली-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्कुटर चालक सुनवल-१३ सुन्दर बस्तीकै ५५ वर्षीय कर्णबबहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भईरहेको छ ।

प्रहरीले ट्रक चालक भारत आजिङगढ बस्ने ३१ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -