- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम

April 26, 2024
121
Shares
- ADVERTISEMENT -

कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र का सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए पाँच दिनभित्र त्याग्न अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी कुनै दलको सदस्य भए कानुनी कारबाही गर्न पत्राचार गरेको भन्दै यस्तो अल्टिमेटम दिएको हो । 

साथै, नगरपालिकाले दिएको समयभित्र राजनीतिक पार्टीबाट राजीनामा दिएको जानकारी पेस गर्न पनि भनेको छ । 

- ADVERTISEMENT -

Advertisement

नगरपालिकाले पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आए कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने जनाएको छ ।

shivaraj

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -