Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:२२ दिउँसो
- ADVERTISEMENT -

मोबाइल चार्ज गर्न खोज्दा १० वर्षीय बालकको करेन्ट लागेर ज्यान गुम्यो

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

188
Shares

शनिबारको दिन बिदा, तेह्रथुमको बसन्तपुरस्थित लालीगुराँस नगरपालिकामा एक लिम्बू परिवार सदा झैं विदा मनाउने क्रममा रहेको थियो। तर परिवार पाल्नका लागि लिम्बू परिवारका ५१ वर्षीय अभिभावक कालीबहादुर लिम्बू बिहानैबाट ज्यालामजदुरी गर्न बजार लागेका थिए। 

लालीगुराँस नगरपालिका–५ डागपास्थित शनिबार घरमा ११ वर्षीया भीमा लिम्बू, १० वर्षीय सुजित लिम्बू र आमा इन्द्र माया लिम्बू बिदामा घरकामकाजमा व्यस्त थिइन्। बिहानैबाट विद्युत समस्याका कारण विजुली अवरुद्ध रहेको थियो। विद्युत प्राधिकरणका कर्मचारी समस्या निदानका लागि घटनास्थलमा खटिएको थिए। 

बेलुका करिब साढे ५ बजे बुवा कालीबहादुर मजदुरी गरि घर फर्कने क्रममा थिए। यसक्रममा अवरुद्ध भएको विजुली आउनेजाने क्रम रहेको थियो।  बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र यक्तेनका अनुसार बिहानबाट अवरुद्ध भएको विजुली अपरान्हपछि आउनेजाने क्रममा रहेको थियो। 

यसै क्रममा लिम्बूको छिमेकी दिदीले विद्युत नभएर मोबाइल अफ भएपछि सुजितलाई चार्ज गर्नका लागि दिएकी थिइन्।  घरका सानो मान्छे सबैका प्रिय र सहज १० वर्षका लिम्बूले मोबाइल चार्ज गर्न मोबाइल लिएर घर पसे। मोबाइल लिएर हाँस्दै घर पसेका लिम्बू त्यसपछि हाँस्न नसक्ने गरी बिदा भए। 

प्रहरी निरीक्षक यक्तेनले भने, ‘विजुली आउने जाने क्रममा थियो । छिमेकीले दिएको मोबाईल चार्ज गर्न गएका सुजितलाई करेन्ट लाग्न पुगेछ। घटना भएसँगै आमा र छिमेकीले एम्बुलेन्स बोलाएर अस्पताल पनि पुर्‍याए। तर करेन्ट लागेका सुजितलाई जोगाउन सकेनन्।’ 

मजदुरी गर्न घरबाहिर भएका कालीबहादुर साँझ घटना सुनेर घरमा पुग्दा स्तब्ध भएका थिए।  प्रहरी निरीक्षक यक्तेनका अनुसार चार्ज गर्ने क्रममा नाङ्गो तारले सुजितको बाया हातको चोरी र माझी औँलालाई भेटेको थियो। उनले भने, ‘ससाना केटाकेटीलाई विद्युत जस्तो जोखिम पुर्ण सरसमान चलाउन दिदाँ विषेश ध्यान पुराउन आवश्यक हुन्छ । यसक्रममा छिमेकी र घरका सदस्यले सामान्य रुपमा लिए। सुजितको औलामा बिजुलीले जलेको देखिएको छ। मोबाइल चार्ज गर्ने क्रममा उनलाई त्यही औलामा करेन्ट लागेको हो।’ 

बसन्तपुरका विभिन्न क्षेत्रमा शनिबारका दिन झाडी काट्ने र विद्युतीय मर्मतका लागि १० बजेबाट ५ बजेसम्मका लागि विद्युत अवरुद्ध हुने सूचना जारी गरि काम गरिएको विद्युत प्राधिकरण स्विच शाखाका कर्मचारी राजकुमार पुर्कुटीले जानकारी दिए।

 हावाहुरीका कारण जङ्गल तथा नगरमा रुखका हाँगाले तारमा क्षति पुराउने हुदाँ शनिबारको दिन झाडी, हांगाविंगा सरसरसफाई गर्दै गर्दा विद्युत अवरुद्ध गरिएको बताए।  विद्युत आउने जाने सन्दर्भमा उनले भने, ‘बसन्तपुरमा बसन्तपुर जिरीखिम्ती ३३/११ केबी लाइन दिने हो। यसमा समस्या हुदाँ करिब ३२ किलोमिटर टाढा तिरतिरेस्थित पिलुवा खोलाका ३३ केबी लाइन जोड्छौ। यसका कारणपनि विद्युतमा केही समस्या हुने गरेको छ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -