- ADVERTISEMENT -

विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ: सांसद पौडेल

April 15, 2024
118
Shares
- ADVERTISEMENT -

 नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् ।

सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका हुनु । 

- ADVERTISEMENT -

Advertisement

उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरू खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि प्रश्न उठाए । मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ ? भनेर प्रश्न गरे । उनले नेपालमा धेरै विश्वविद्यालयहरू भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो ? भनेर पनि प्रश्न गरे । उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरूलाई विश्वविद्यालयको रूपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए । 

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्ने कुरा प्रस्ट रूपमा नआएको बताए । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -