काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन् ।
चाबहिल–शंखमूल रुटमा चल्ने बा१ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए ।
दुर्घटनाकाे कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।








































